काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासन प्रवर्द्धनका लागि राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको बताएका छन्।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताबाट प्राप्त मतलाई प्रतिपक्ष वा प्रतिस्पर्धी दलसँग विवादमा जाने उद्देश्यका रूपमा बुझ्न नहुने स्पष्ट पारे। उनका अनुसार सबै राजनीतिक शक्ति मिलेर अघि बढे मात्र प्रभावकारी नतिजा हासिल गर्न सकिनेछ।
महामन्त्री बुर्लाकोटीले गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिँदै अर्थ मन्त्रालयसँग पटक–पटक छलफल भएको बताए। उनका अनुसार उद्योग सञ्चालन निजी क्षेत्रको सहभागितासहित वा सरकारी–निजी साझेदारीमार्फत गर्न सकिने सम्भावना रहेको छ।
उनले उद्योगलाई सक्रिय बनाइ सबै सवारीसाधनमा स्वदेशी उत्पादनको प्रयोग बढाउने लक्ष्य राखिएको उल्लेख गरे।
त्यस्तै, बूढी गण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रियालाई अघि बढाउन आगामी बजेटमार्फत केही रकम विनियोजन गरिएको र आयोजना सञ्चालनका लागि अधिकार सम्पन्न संरचना गठन गर्ने तयारी भइरहेको जानकारी उनले दिए।
उनका अनुसार राजनीतिक प्रणाली सुधार भए मात्र समग्र क्षेत्रको विकास सम्भव हुने भएकाले सरकारले सोही दिशामा प्रयास गरिरहेको छ।
महामन्त्री बुर्लाकोटीले रेमिट्यान्समा मात्र निर्भर अर्थतन्त्रले दीर्घकालीन समृद्धि नदिने उल्लेख गर्दै देशभित्रै औद्योगिक विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार आगामी आर्थिक वर्षको बजेट विकास, पूर्वाधार निर्माण र आर्थिक समृद्धि केन्द्रित रहेको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend