काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासन प्रवर्द्धनका लागि राजनीतिक दलहरूबीच सहकार्य अनिवार्य रहेको बताएका छन्।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताबाट प्राप्त मतलाई प्रतिपक्ष वा प्रतिस्पर्धी दलसँग विवादमा जाने उद्देश्यका रूपमा बुझ्न नहुने स्पष्ट पारे। उनका अनुसार सबै राजनीतिक शक्ति मिलेर अघि बढे मात्र प्रभावकारी नतिजा हासिल गर्न सकिनेछ।
महामन्त्री बुर्लाकोटीले गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि पहल भइरहेको जानकारी दिँदै अर्थ मन्त्रालयसँग पटक–पटक छलफल भएको बताए। उनका अनुसार उद्योग सञ्चालन निजी क्षेत्रको सहभागितासहित वा सरकारी–निजी साझेदारीमार्फत गर्न सकिने सम्भावना रहेको छ।
उनले उद्योगलाई सक्रिय बनाइ सबै सवारीसाधनमा स्वदेशी उत्पादनको प्रयोग बढाउने लक्ष्य राखिएको उल्लेख गरे।
त्यस्तै, बूढी गण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रियालाई अघि बढाउन आगामी बजेटमार्फत केही रकम विनियोजन गरिएको र आयोजना सञ्चालनका लागि अधिकार सम्पन्न संरचना गठन गर्ने तयारी भइरहेको जानकारी उनले दिए।
उनका अनुसार राजनीतिक प्रणाली सुधार भए मात्र समग्र क्षेत्रको विकास सम्भव हुने भएकाले सरकारले सोही दिशामा प्रयास गरिरहेको छ।
महामन्त्री बुर्लाकोटीले रेमिट्यान्समा मात्र निर्भर अर्थतन्त्रले दीर्घकालीन समृद्धि नदिने उल्लेख गर्दै देशभित्रै औद्योगिक विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार आगामी आर्थिक वर्षको बजेट विकास, पूर्वाधार निर्माण र आर्थिक समृद्धि केन्द्रित रहेको छ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend