Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • फेरि गृहमन्त्री बने २ महिनासम्म तस्बिर खिच्न नआउनू: सुधन गुरुङ


    आइतबार, जेष्ठ २४ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद सुधन गुरूङले आफू फेरि गृहमन्त्री बनेमा दुई महिनासम्म तस्बिर खिच्नका लागि नआउन अनुरोध गरेका छन्।

    आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै उनले आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको र गृहमन्त्री बनेमा दुई महिनासम्म फोटो खिच्न नआउन भनेका हुन्।

    ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने।

    सांसद गुरूङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार