काठमाडौं । भारतमा घरेलु प्रयोजनका लागि एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले बढाइएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, १४.२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ रुपैयाँबाट बढेर ९४२ रुपैयाँ पुगेको छ । यसअघि गत मार्च ७ मा पनि प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य बढाइएको थियो ।
भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा पनि एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने देखिएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा मूल्य समायोजन गर्दै आएको छ ।
आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी लागत, विनिमय दर र निगमको समग्र नाफा-नोक्सान अवस्थामा निर्भर रहने भए पनि नेपालमा पनि मूल्य बढ्ने सम्भावना देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहेमा निगमलाई वित्तीय भार बढ्न सक्ने र घाटा व्यवस्थापन गर्न नसके उपभोक्ताले मूल्यवृद्धिको असर बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।
नेपालमा खाना पकाउने मुख्य इन्धनका रूपमा एलपी ग्यास प्रयोग हुने भएकाले भारतमा हुने मूल्य परिवर्तनले नेपाली बजार र उपभोक्तामा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । आगामी दिनमा आईओसीबाट आउने नयाँ मूल्यसूचीलाई नेपाल आयल निगम र उपभोक्ताले निकै चासोका साथ हेरिरहेका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend