Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउ एकैदिन ८ हजार २ सय रुपैयाँ घट्यो, तोलाको कति पुग्यो ?


    आइतबार, जेष्ठ २४ २०८३
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार सुनचाँदीको भाउ उच्च दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ८ सय रुपैयाँमा झरेको छ । गत आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ आज तोलामा ३३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २३० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८९५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ३४५ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार