काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेश मन्त्री एस। जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा सुरु भएको उक्त भ्रमण आइतबारसम्म जारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटमा दुई देशबीचको व्यापार, लगानी, ऊर्जा सहकार्य, भौतिक सम्पर्क सञ्जाल विस्तार तथा जनस्तरका सम्बन्धसहित आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल-भारत सम्बन्धको निरन्तर उच्चस्तरीय संवाद प्रक्रियाअन्तर्गत हुने यो भ्रमणले दुई देशबीचको दीर्घकालीन तथा बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
भ्रमणका सन्दर्भमा मन्त्री खनालले नागरिकको परिवर्तनप्रतिको अपेक्षा क्रमशः बढ्दै गएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।
यसैबीच, भारतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend