काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहल बालेको सीमा विवादको विषयलाई लिएर नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।
काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले राजीनामा मागेका हुन् ।
त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको यस्तो हल्का भनाइले आम नेपाली नागरिकको भावनामा चोट पुगेको उनीहरूको भनाइ छ ।
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend