काठमाडौं । भोली जेठ २३ गते शनिबारको दिन काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा शनिवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थले जारी गरेको सूचनामा कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुर वितरण केन्द्रका ११, रत्नपार्क वितरण केन्द्रका २० र पुल्चोक वितरण केन्द्रका १४ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने उल्लेख छ ।
नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजनाबाट १३२ के.भी.स्युचाटार सवस्टेसनमा रहेको बसलाई सटडाउनमा राखी उक्त सबस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको छ ।
उक्त सटडाउन अवधिमा काठमाडौं उपत्यका भित्रका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने जनाइएको छ । साथै मौसमको प्रतिकूलता रहेमा पूर्वनिर्धारित समय हेरफेर हुन सक्ने आयोजनाले जनाएको छ ।
निर्धारित समयमा सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि यथासम्भव प्रयास गरिने भन्दै प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend