काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।
समितिको बिहीबार बसेको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि छानबिन गरेपछि उक्त निर्णय गरेको हो। समितिका सचिव दिनेश थापामगरका अनुसार अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा यादवमाथि अनुशासनात्मक कारबाही गरिएको हो।
यसैबीच, पार्टी उम्मेदवारलाई सहयोग नगरेको आरोपमा स्पष्टीकरण सोधिएका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै पार्टीविरोधी गतिविधिमा संलग्न नरहेको जवाफ पेश गरेका थिए।
उनीहरूको स्पष्टीकरण र उपलब्ध विवरणको समीक्षा गर्दै अनुशासन समितिले भविष्यमा यस्ता कुनै गुनासा नआउने गरी पार्टीको विधान, नियमावली र जिम्मेवारीप्रति पूर्ण निष्ठाका साथ काम गर्न निर्देशन दिएको जनाएको छ।
त्यसैगरी, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीबारे समितिले थप अध्ययन गरेको थियो। समितिका अनुसार राउतले पेश गरेको स्पष्टीकरण सन्तोषजनक देखिएको र उपलब्ध प्रमाणबाट आरोप पुष्टि हुन नसकेपछि उनलाई सफाइ दिने निर्णय गरिएको छ।
अनुशासन समितिले पार्टीभित्र अनुशासन र संगठनात्मक जिम्मेवारीलाई प्रभावकारी बनाउन आवश्यक कारबाही तथा निर्देशनलाई निरन्तरता दिने जनाएको छ।

काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend