काठमाडौँ। ओपनर कुशल भुर्तेलको कीर्तिमानी प्रर्दशनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रुपमा एसियन गेम्स छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। नेपालसँग हारका बाबजुद पनि मलेसियाले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेका छन्।
बिहीबार नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १०८ रन मात्र बनाउन सक्यो।
मलेसियालाई कम स्कोरमा रोक्न शेर मल्लले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा १४ रन खर्चे।
त्यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २७५ रनको विशाल योगफल तयार पारेको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसियाविरुद्ध शतक प्रहार गरेका कुशल टी–२० आई मा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने। कुशलले ४४ बलमा शतक पूरा गरे। उनले ४४ बलमा १० चौका र ७ छक्का सहयोगमा शतक पूरा गरेका थिए।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend