काठमाडौँ। सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटक गाइड दावा शेर्पा गम्भीर बिरामी अवस्थामा भेटिएका छन्।
बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदाले उनलाई सगरमाथा आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेका हुन्।
पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाले दिएको जानकारी अनुसार आरोही पर्यटकहरूको सहयोगीका रूपमा गएका उनी गएको ६ दिनदेखि बेपत्ता थिए।
ओखलढुंगा खिजिदेम्बा गाउँपालिका निवासी शेर्पा आधार शिविर फर्किने क्रममा एकाएक हराएका थिए। उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास क्षेत्रमा हेलिकोप्टरसमेत परिचालन गरिएको थियो। तर उनी फेला परेका थिएनन्।
उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा बिहीबार बिहान फेला पारेर उद्धार गरिएको हो।
उनको खुट्टा र हात हिउँले खाएको छ। प्रारम्भिक उपचारपछि उनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको शेर्पाले बताए। उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।
पर्वतरोहण क्षेत्रका व्यक्तिहरूले बेपत्ता भएको एकसातापछि उनी जीवितै भेटिएको घटनालाई चमत्कार भनेका छन्।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend