काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना नियोजित रूपमा भएको बताएका छन् ।
बुधबार केन्द्रीय सङ्गठन विभागले काठमाडौँमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले उक्त दुई दिने घटनालाई युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरे पनि त्यो नियोजित र षडयन्त्रपूर्ण घटनाका रूपमा चित्रित गरे ।
‘गत भदौ २३ र २४ गतेको आन्दोलनलाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्छन् । गर्नेहरूले क्रान्ति भन्ने नै भए । युवाहरूको हत्याको प्रपञ्च गर्नेहरुले क्रान्ति भन्ने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘काँक्रो आफूले खाइसकेपछि बिया अर्कोको गलामा टाँसिएको छ’ अध्यक्ष ओलीले उक्त घटना षडयन्त्रपूर्ण र पूर्वनियोजित षडयन्त्र थियो भन्ने कुरा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सार संक्षेपमै उल्लेख रहेको बताए ।
ओलीले आफ्नो नेतृत्वको सरकार संवैधानिक लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा रहेकाले त्यस सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक बाटोबाट ध्वास्त पार्ने प्रयास सफल नभएपछि आपराधिक मार्गबाट विस्थापन गर्ने षड्यन्त्र भएको बताए । ‘त्यसका निम्ति तालिमहरू भए । आगो कसरी लगाउने, पेट्रोल बम कसरी बनाउनेजस्ता प्रयास भए’, उनले अराजकता अझै कायमै रहेको भन्दै थपे, ‘राष्ट्रद्रोही र आगो लगाउनेजस्ता कुरा सर्लक्क पचाउने काम भएको छ ।’
लोकतान्त्रिक आन्दोलनको अगुवाई एमालेले गरेकै कारण एमालेमाथि आक्रमण भएको भन्दै देश सर्वोपरि हुने भएकाले यसबारे सबैले बुझ्न जरुरी रहेको बताए ।
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend