Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा


    बुधबार, जेष्ठ २० २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् ।

    राजीनामा दिनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन् ।

    पार्टीको निर्देशनबमोजिम आज मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामापत्र बुझाएको मन्त्री ढकालले जानकारी दिए ।

    मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । एमालेले नयाँ मन्त्रीहरू पठाउन हाल रहेका चार जनालाई राजीनामा दिन लगाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार