काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताएका छन् ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा मङ्गलवार प्रकाशित लेखमा लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन् ।
ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने उनको भनाइ रहेको छ ।
‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौँ । हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन् । नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट निकालेर विकास र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उनको धारणा छ । लामिछानेले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति’ को संज्ञा दिएका छन् ।
उनले रास्वपाको उदयलाई नेपालको नयाँ राजनीतिक यथार्थ भन्दै पुराना राजनीतिक दलहरूले सिर्जना गरेको अविश्वास र असन्तुष्टिको विकल्पका रूपमा प्रस्तुत गरेका छन् । लामिछानेले नेपाल र भारत दुई छिमेकी मुलुक नभई साझा सभ्यता र सांस्कृतिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गरेका छन् ।
उनले रामायणको कथा जनकपुर र अयोध्या जोडिएपछि मात्र पूर्ण हुने, पशुपतिनाथ र केदारनाथ तथा लुम्बिनी र बोधगयाबीचको सम्बन्धले साझा सभ्यताको आधार निर्माण गर्ने उल्लेख गरेका छन् ।
रेलदेखि आईआईटी र एम्ससम्मको प्रस्ताव उनले अघि सारेका छन् । लामिछानेले भारतको तीव्र आर्थिक विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहकार्यको प्रस्ताव गरेका छन् । उनले १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भए नेपाल–भारत व्यापार, पर्यटन र सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताएका छन् ।
साथै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुमा सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
लेखमा उनले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थानहरू आईआईटीर एम्सजस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्य गर्न आह्वान गरेका छन् ।
त्यस्तै, काठमाडौं–बेंगलुरु डिजिटल करिडोर, प्रविधि प्रयोगशाला, स्टार्टअप इन्क्युबेसन सेन्टर, फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा सहकार्य गर्न भारतलाई आग्रह गरेका छन् ।
नेपालको जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको स्रोत बन्न सक्ने उल्लेख गर्दै लामिछानेले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन् । सीमामा रहेका प्रशासनिक अवरोध हटाएर आधुनिक डिजिटल एकीकृत जाँच चौकी ९आईसीपी०निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ ।
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend