काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको छ ।
सुधारगृहका रुपमा लिने गरिएको कारागारमा कर्मचारी, प्रहरी, डाक्टर र चौकिदारको मिलेमतोमा अवैद्य लागूऔषधको कारोबार हुँदै आएको छ । कारागारभित्रै कैदीहरुले लागूऔषध सेवन गर्दै जुवातास खेलेको भिडिओबारेमा समाचार प्रकाशन गरिएको थियो । उक्त समाचार र भिडिओ गृहमन्त्रालयलाई समेत उपलब्ध गराउँदा पनि जेलर जालन्धर भूसाललाई मात्रै कारबाहीस्वरुप दुर्गम जिल्लामा सरुवा गरिएको थियो ।
अहिले पनि कारागारभित्रै लागूऔषध सेवन गर्ने र बिक्री गरी कमाउधन्दा संचालन गरी असुली गर्ने कार्य गरिएको छ । जेललाई कमाउ अखाडाका रुपमा चर्चित गुण्डा नाइके रिगल ढकालका एक विश्वास पात्र दीपक केसीले प्रयोग गर्दै आएका छन् । उनले आफुलाई चौकीदार बनाउनका लागि जालन्धार भूसाललाई ठूलो आर्थिक प्रस्ताव राखेका कारण उनलाई काखी च्यापेका थिए । स्रोतका अनुसार नौबस्ता कारागारमा लागूऔषध ओसार्ने व्यवस्था चिकित्सक डा. राजेन्द्र धराला र कारागारकै नायव सुब्बा ज्ञानबहादुर ओलीको संलग्न रहेको बताइन्छ । यसरी रकम बाँडफाँडको भागवण्डा नमिलेपछि यो प्रकरण बाहिर आएको स्रोतले बतायो ।
गैरकानूनी कार्यमा को–को छन् संलग्न ?
स्रोतले बताए अनुसार कारागारमा लागूऔषध विक्री गर्ने, सेवन गर्ने, जुवातास खेल्ने र भागवण्डा गरी खाने काममा ठगी मुद्दाका दीपक केसी, लागूऔषध तथा हातहतियार मुद्दाका गल्छी भन्ने राहुल रविन्द्र थापा, ज्यानमुद्दाका हिमाल डाँगी, हातहतियार मुद्दाका पञ्चे भन्ने प्रकाश बि.क., लागूऔषधका शंकर भन्ने उमाङबहादुर शाही, लागूऔषधकै डम्मर थापा, भविलाल पुन, विकास केसी, मुन्ना भन्ने जगत केसी, वीरेन्द्रमान सिंह, ज्यानमुद्दाका विशाल बस्नेत, बामे भन्ने चुडामणि ओली, लागूऔषधका दिपेश सोनाम, जवर्जस्ती करणी र शरीर बन्धक मुद्दाका देवबहादुर खड्का, ज्यान मुद्दाका वीरबहादुर बोहरा, सन्तोष भन्ने सविनजंग शाही, धीरज भन्ने दिपेन्द्र शाही, सुन्नी भन्ने भीमबहादुर नेपाली, किरण महरा, गोविन्द बलायर, बैंन सिंह, दिनेश बि.क.,अनुपम सिंह र रामजी रोकाय छन् । उनीहरुको गैरकानूनी कार्यको विरोध गर्नेहरुलाई कुटपीट गर्ने जेलरसँग मिलेर सरुवा गरिदिने जस्ता काम गर्दै आएका छन् ।
जुवातास खलेको र लागू औषध खाएको भिडिओ मिडियाको कार्यालयमा प्राप्त भएको थियो । यो भिडिओ कारागारका जेलर जालन्धर भूसालले दशंैताकाको भएका बताएका थिए । तथापि आफ्नो कमजोरी रहेको प्रष्टसँग बताए पनि लामै समय उनी सोर्सफोर्स गरी टिकिरहे । गृहमन्त्रालयले छानबिनका लागि आदेश दिएपछि मात्रै उनी सरुवा भएका थिए ।
कैलाली कारागारको गैरकानूनी धन्दा अहिले नौबस्तामा दोहोरिएको छ । यसअघि कैलाली कारागारको जुवा अखडा र लागूऔषध कारोबारका विषयमा पनि समाचार प्रकाशित भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले छानबिन समिति बनाएर अनुसन्धान गरेका थिए । उक्त समयमा ३९ वटा मोबाइल कारागारभित्र गैरकानूनी तरिकाले प्रयोग गरेको भेटिएको थियो । जेलर महेन्द्रबहादुर खड्का र चौकीदार रोहित पालिवाल अग्रवालले अवैधानिक र गैरकानूनी काम गरी मासिक ४० औं लाख कमाउधन्दा नै चलाएका थिए ।
पालिवाल भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा.भक्तमान श्रेष्ठलाई अपहरण गरी पाँच केजी सुन फिरौती लिएका चर्चित अपराधी हुन् । उनले मासिक ४० लाख रुपैया अवैधरुपमा कमाउने गरेको चर्चा हुन्थ्यो । आइफोन मोबाइल चलाएर प्याकिङ खाना खाने गरेका पालिवाल सुत्नका लागि भिन्नै पलङ प्रयोग गर्दथे । लागूऔषध कारागार भित्र लैजाने क्रम चाहिँ नयाँ होइन । २०७९ साल कार्तिकमा कैलाली कारागारका अपील भाट नामका सहायक हवल्दार लागूऔषध कारोबारीका रुपमा काम गरेको भन्दै पक्राउ परेका थिए । २०८३ जेठ १८ गतेको डायरी एक्सप्रेस साप्ताहिकबाट
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend