Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यस्तो छ आर्थिक वर्ष २०८३/८४ को बजेट(पूर्णपाठ)


    शुक्रबार, जेष्ठ १५ २०८३
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका छन्।

    अर्थमन्त्री वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरेका हुन्।

    त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट छुट्याएको मन्त्री वाग्लेले बताए।

    यो बजेट चालू आवको संशोधित अनुमानको २५ प्रतिशत बढी हो।

    चालू आर्थिक वर्षका लागि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए।

    https://drive.google.com/file/d/1hGkvy9bc7IqIiFxaQPJH9Q9UECsg1_ul/view?usp=drivesdk

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार