Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड


    शुक्रबार, जेष्ठ १५ २०८३
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

    यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार