Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेट प्रस्तुत हुँदाहुँदै संसदबाट बाहिरिए हर्क साम्पाङ


    शुक्रबार, जेष्ठ १५ २०८३
    230
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।

    संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् ।

    उनले आफ्नो महत्वपूर्ण काम भएको भन्दै बजेटबाट बाहिरिएको बताए । ‘मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ । मेरो अर्को महत्वपूर्ण काम छ, त्यही भएर निस्किएको हुँ,’ साम्पाङले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार