8f e§/fO{ /f;;;Fu cGtjf{tf{
sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समयानुकूल परिमार्जन र सुदृढीकरण गर्दै नयाँ पुस्ताको आकांक्षाअनुसार मुलुकलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दश वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न उत्पीडित समुदायका संघर्ष र बलिदानबाट स्थापित गणतान्त्रिक व्यवस्थाले नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको मार्ग प्रशस्त गरेको उल्लेख गरेका छन् ।
उनले गणतन्त्रलाई केवल शासन प्रणाली परिवर्तनका रूपमा नभई समृद्ध र न्यायपूर्ण राज्य निर्माणको ऐतिहासिक संकल्पका रूपमा व्याख्या गरेका छन् । प्राप्त उपलब्धिमा सीमित नरही बदलिँदो विश्व परिवेश, नयाँ युग र नयाँ पुस्ताको चाहनाअनुसार राज्यलाई थप उन्नत दिशामा अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
डा. भट्टराईले संविधानका अपूर्ण पक्ष, कार्यान्वयनमा देखिएका कमजोरी तथा राज्य संरचनासँग सम्बन्धित समस्याहरूलाई समयानुकूल सुधार गर्दै नेपालले साझा राष्ट्रिय मूल्यमान्यताका आधारमा विकासको स्पष्ट दिशा तय गर्नुपर्ने धारणा राखेका छन् ।
उनले सुशासन, उत्पादनमुखी अर्थतन्त्र, विज्ञान(प्रविधिको विकास, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय तथा नागरिकको समृद्धि र खुसीलाई केन्द्रमा राखेर मात्रै गणतन्त्रको सार्थकता स्थापित गर्न सकिने उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमार्फत उनले गणतन्त्र दिवसले विगतका संघर्ष र बलिदानको सम्मान गर्दै नयाँ सोच, नयाँ संकल्प र राष्ट्रिय दृष्टिका साथ अघि बढ्न सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend