8f e§/fO{ /f;;;Fu cGtjf{tf{
sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समयानुकूल परिमार्जन र सुदृढीकरण गर्दै नयाँ पुस्ताको आकांक्षाअनुसार मुलुकलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दश वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न उत्पीडित समुदायका संघर्ष र बलिदानबाट स्थापित गणतान्त्रिक व्यवस्थाले नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको मार्ग प्रशस्त गरेको उल्लेख गरेका छन् ।
उनले गणतन्त्रलाई केवल शासन प्रणाली परिवर्तनका रूपमा नभई समृद्ध र न्यायपूर्ण राज्य निर्माणको ऐतिहासिक संकल्पका रूपमा व्याख्या गरेका छन् । प्राप्त उपलब्धिमा सीमित नरही बदलिँदो विश्व परिवेश, नयाँ युग र नयाँ पुस्ताको चाहनाअनुसार राज्यलाई थप उन्नत दिशामा अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
डा. भट्टराईले संविधानका अपूर्ण पक्ष, कार्यान्वयनमा देखिएका कमजोरी तथा राज्य संरचनासँग सम्बन्धित समस्याहरूलाई समयानुकूल सुधार गर्दै नेपालले साझा राष्ट्रिय मूल्यमान्यताका आधारमा विकासको स्पष्ट दिशा तय गर्नुपर्ने धारणा राखेका छन् ।
उनले सुशासन, उत्पादनमुखी अर्थतन्त्र, विज्ञान(प्रविधिको विकास, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय तथा नागरिकको समृद्धि र खुसीलाई केन्द्रमा राखेर मात्रै गणतन्त्रको सार्थकता स्थापित गर्न सकिने उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमार्फत उनले गणतन्त्र दिवसले विगतका संघर्ष र बलिदानको सम्मान गर्दै नयाँ सोच, नयाँ संकल्प र राष्ट्रिय दृष्टिका साथ अघि बढ्न सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend