काठमाडौँ। अमेरिका र इरानबीच जारी युद्धविरामको अवधि थप गर्ने सहमति भएको छ।
अमेरिका र इरानबीच वार्ताबारे जानकार स्रोतहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले दुई देशबीच युद्धविराम अवधी थप ६० दिन लम्ब्याउन सहमति भएको उल्लेख गरेको छ।
यो अवधिमा विश्वभर ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिएको हर्मुज जलमार्गमा जहाजहरुको आवतजावत सहज बनाउने सहमति भएको पनि रोयटर्सले लेखेको छ।
युद्धविराम अवधि थपिएको ६० दिनमा अमेरिका र इरानले आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता जारी राख्दै निष्कर्षमा पुग्ने भनिएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार वासिङ्टनमा पत्रकारहरूसँगको कुराकानी गर्दै सम्झौता अत्यन्त नजिक पुगेको बताएका छन्।
‘सहमति नै भइसकेको अवस्था भने छैन। तर त्यसमा हामी अत्यन्त नजिक छौं। शतप्रतिशत ग्यारेन्टी गर्न सक्ने अवस्था बनिसकेको छैन। तर अहिले सकारात्मक छौं,’ उनले पत्रकारहरूसँग भनेका छन्।
इरानको अर्धसरकारी समाचार संस्था तस्निमले भने सम्झौताको मस्यौदा अझै अन्तिम रूप नपाएको र पुष्टि नगरिएको जनाएको छ।
प्रस्तावित सहमतिअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाउने तथा हर्मुज जलमार्गमा अवरोधरहित ढुवानी सुनिश्चित गर्ने उल्लेख छ।
विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend