काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्य राजनीतिक दलहरूसँग एकता तथा सहकार्यका सम्भावनाबारे छलफल गर्न वार्ता समिति गठन गरेको छ।
पार्टीले केन्द्रीय सदस्यहरू रकम चेम्जोङ, रेणु यादव र डा। सुरेन्द्रकुमार झालाई वार्ता तथा संवादको जिम्मेवारी दिएको जनाएको छ।
हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता सम्पन्न भइसकेको छ भने दुवै दलबीच संगठनात्मक समायोजनको प्रक्रिया अघि बढिरहेको छ। त्यसका लागि विभिन्न कार्यदल गठन गर्नुका साथै आन्तरिक छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको पार्टीले जनाएको छ।
त्यसैगरी जसपा नेपालले जनमत पार्टीसँग पनि एकता सम्भावनाबारे निरन्तर संवाद गरिरहेको छ। पार्टीका केन्द्रीय सदस्य डा। सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ।
उनका अनुसार एकतासम्बन्धी प्रारम्भिक छलफल शीर्ष नेतृत्व तहमा समेत भएको र अन्य तहका नेताबीच पनि संवाद जारी रहेको छ। दुवै पक्ष एकताप्रति सकारात्मक देखिएको उनले बताए।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend