Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिटरब्याज पीडितहरूले १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने


    बिहिबार, जेष्ठ १४ २०८३
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्।

    बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले यस्तो जानकारी दिएको हो।

    पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले अगामी मंगलबार मिथिला कमान्ड र भोजपुरा कमान्डको नेतृत्वमा शान्तीपूर्ण रुपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताए।

    उनले पीडितहरू विगत १२ दिनदेखि आन्दोलनरत भएपनि राज्यपक्ष आफूहरूका मागप्रति राज्य गम्भीर नभएको आरोप लगाए।

    उनले भने, ‘१२ दिनसम्म पनि पीडितहरूको कुरा सुनेका छैनन्। छलफलमा समेत मिटरब्याज धनीहरूले वास्ता गरेनन्। पीडितहरूको समस्या नसुनेको कारण अब हामी आन्दोलनलाई अगाडी बढाउँदैछौँ। हामीहरू यही जेठ १९ गतेको दिन मिथिला कमान्डको आयोजनामा धनुषा जिल्ला अदालत घेराउ गर्दैछौँ।’

    उनले धनुषा जिल्ला अदालत घेराउका लागि मधेस प्रदेशभरबाट ८ देखि १० हजार पीडित सहभागी हुने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार