काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्द्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा टोखा नगरपालिका–९ ले आज आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले नेपालको कूटनीतिक सम्बन्ध विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँग आर्थिक, सांस्कृतिक र रणनीतिक सहकार्यमा आधारित रहेको उल्लेख गरे। उनले नेपालले संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त तथा असंलग्न आन्दोलनका मूल्य–मान्यताअनुसार स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको बताए ।
उनका अनुसार नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु हो ।
मन्त्री खनालले परराष्ट्र मन्त्रालयभित्र हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई छिटो र सहज सेवा दिन सुधारका काम अघि बढाइएको जानकारी दिए। राहदानी वितरण प्रक्रिया सरल बनाइएकाले पहिले हप्तौँ लाग्ने सेवा अहिले दुई–तीन दिनभित्रै उपलब्ध हुन थालेको उहाँको भनाइ थियो ।
विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको उल्लेख गर्दै उनले समस्यामा परेका नेपालीले एपमार्फत सिधैँ गुनासो दर्ता गर्न सक्ने र त्यसको अनुगमन मन्त्रीस्तरबाटै हुने व्यवस्था मिलाइएको बताइ ।
उनले सरकारले सार्वजनिक गरेको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको जनाउँदै २०६३ पछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन तथा पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। फजुल खर्च नियन्त्रण गर्न मन्त्रालयको संख्या घटाइएको पनि उनले बताए।
गोँगबु क्षेत्रमा जमिनमुनिको पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री खनालले शिवपुरी जलाधार क्षेत्रको पानी व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए। साथै, चक्रपथ विस्तारका लागि चीनसँग सम्झौता भइसकेकाले अब निर्माण कार्यले गति लिने र गोँगबु क्षेत्रको अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग सहकार्य गरी काम सुरु गरिने उनले बताए ।
कार्यक्रममा टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरे ले सङ्घीय सरकारसँगको सहकार्यमा गोँगबु–टोखा क्षेत्रका समस्या समाधानका लागि पहल भइरहेको बताए ।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend