काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्द्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा टोखा नगरपालिका–९ ले आज आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले नेपालको कूटनीतिक सम्बन्ध विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँग आर्थिक, सांस्कृतिक र रणनीतिक सहकार्यमा आधारित रहेको उल्लेख गरे। उनले नेपालले संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त तथा असंलग्न आन्दोलनका मूल्य–मान्यताअनुसार स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको बताए ।
उनका अनुसार नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु हो ।
मन्त्री खनालले परराष्ट्र मन्त्रालयभित्र हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई छिटो र सहज सेवा दिन सुधारका काम अघि बढाइएको जानकारी दिए। राहदानी वितरण प्रक्रिया सरल बनाइएकाले पहिले हप्तौँ लाग्ने सेवा अहिले दुई–तीन दिनभित्रै उपलब्ध हुन थालेको उहाँको भनाइ थियो ।
विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको उल्लेख गर्दै उनले समस्यामा परेका नेपालीले एपमार्फत सिधैँ गुनासो दर्ता गर्न सक्ने र त्यसको अनुगमन मन्त्रीस्तरबाटै हुने व्यवस्था मिलाइएको बताइ ।
उनले सरकारले सार्वजनिक गरेको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको जनाउँदै २०६३ पछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन तथा पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। फजुल खर्च नियन्त्रण गर्न मन्त्रालयको संख्या घटाइएको पनि उनले बताए।
गोँगबु क्षेत्रमा जमिनमुनिको पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री खनालले शिवपुरी जलाधार क्षेत्रको पानी व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए। साथै, चक्रपथ विस्तारका लागि चीनसँग सम्झौता भइसकेकाले अब निर्माण कार्यले गति लिने र गोँगबु क्षेत्रको अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग सहकार्य गरी काम सुरु गरिने उनले बताए ।
कार्यक्रममा टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरे ले सङ्घीय सरकारसँगको सहकार्यमा गोँगबु–टोखा क्षेत्रका समस्या समाधानका लागि पहल भइरहेको बताए ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend