काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमालेले पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर बनाएको भवनमा महानगरले डोजर लगाएको छ।
पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गा कब्जा गरेर यी दुई दलले भ्रातृ संस्थाका नाममा भवन बनाएर भाडामा लगाएका थिए।
समितिसँग अनुमति नलिई बनाएको भवन खाली गर्न महानगरले पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि बिहीबार महानगरले डोजर लगाएको हो।
डोजर चलाउनुअघि पोखरा महानगरपालिकाको वैशाख ४ गते बसेको कार्यपालिका बैठकले सरकारी जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो।
तोकिएको समयभित्र यी दुबै दल र अन्य संस्था तथा व्यक्तिले आफै भवन भत्काएका थिएनन्। सूचनामा सरकारी जग्गा कब्जा गरेर बनाएको भवन खाली नगरे महानगरले खाली गर्ने र लागेको रकम सरकारी बाँकी सरह असुल उपर गर्ने उल्लेख छ।
महानगरले सरकारी जग्गा खाली गर्न दिएको समयसीमा भित्र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने कच्ची भवन र सटर आफै भत्काएका थिए भने पक्की भवन महानगरलाई हस्तान्तरण गरेको थियो। तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि पृथ्वीचोकस्थित सरकारी जग्गामा रहेको पोखरी कब्जा गरी भवन बनाएको थियो। पोखरी पुर्न तत्कालीन माओवादीले ५०० ट्रिप बढी ढुंगा र माटो खन्याएको थियो।
नेकपाले बनाएको भवन महानगरलाई हस्तान्तरण गरे पनि नेपाली कांग्रेस र नेकपा एमालेले भने छाडेका थिएनन्। महानगरले डोजर चलाउने भनेपछि यी दुबै दलले भाडामा लगाएको सटरका व्यवसायीले आफै सामान खाली गरेका थिए।
पोखरा महानगरका मेयर धनराज आचार्यले भने पोखराका सरकारी तथा सार्वजनिक जमिन अतिक्रमण खाली गर्न सर्वपक्षीय सहमति भएको बताउँछन्। सहमति पश्चात नै पोखराको फिर्केखोला र पृथ्वीचोकको सार्वजनिक र सरकारी जग्गा अतिक्रमण हटाउने अभियान चलाएको उनले बताए।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend