काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको आरोप लगाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको बैठकले सरकारको निर्णय संविधान विपरीत रहेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, “शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्नेमा सरकारको अप्रत्याशित निर्णयले १९० दिन पनि पुग्न मुस्किल हुन्छ ।” स्थानीय तहले पहिल्यै शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा राजपत्रमा सूचना निकालेर केन्द्र सरकारले निर्णय गर्नु संविधानको अनुसूची–८ विपरीत भएको उनको भनाइ छ ।
महर्जनले आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी दिँदै उपत्यका मेयर्स फोरमको सचिवालयलाई अध्ययन गर्न जिम्मा दिएको बताए । अध्ययनपछि थप रणनीति तयार पारिने छ । बैठकले स्थानीय तहअन्तर्गतका वडा कार्यालय, अस्पताल तथा अन्य सार्वजनिक भवनहरूको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्न पनि सरकारसँग माग गरेको छ । देशका धेरै स्थानीय तहले सरकारको निर्णयका बाबजुद आइतबार विद्यालय सञ्चालन गरिरहेका छन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend