Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ साढे ५ हजारले घट्यो, कतिमा हुदैछ कारोबार ?


    बिहिबार, जेष्ठ १४ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन तोलामा साढे ५ हजार रुपैयाँले घटेको हो।

    यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ तोलामा २१५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८६५ रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार