Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कप्तानबाट हटे रोहित, एसियन गेम क्वालिफायरका लागि दीपेन्द्र नेतृत्वको टोली घोषणा


    आइतबार, जेष्ठ १० २०८३
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

    क्यानले रोहित पौडेललाई कप्तानबाट हटाएर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नयाँ टोली घोषणा गरेको हो ।

    टोलीमा उनीहरुबाहेक कुशल भुर्तेल, रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्।

    एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा टी२० फरम्याटमा हुँदै छ।

    नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्। अर्को समूहमा सिंगापुर, ‌ओमान, हङकङ र बहरेन छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार