काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध परेका उजुरीका विषयमा पाँच दिनभित्र विस्तृत जवाफ पेश गर्न निर्देशन दिएको छ ।
राखेपले क्यानलाई पठाएको पत्रमार्फत अध्यक्ष चन्दसँग सम्बन्धित विभिन्न आरोपबारे तथ्यगत राय, प्रतिक्रिया तथा प्रमाणित कागजात उपलब्ध गराउन भनेको हो । परिषद्का अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीका आधारमा आवश्यक विवरण माग गरिएको जनाएको छ ।
उजुरी २०८३ वैशाख १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा दर्ता भएको बताइएको छ । त्यसपछि आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालय लाई पत्राचार गरेको थियो । मन्त्रालयले सोही विषयमा वैशाख ३१ गते राखेपलाई आवश्यक प्रक्रिया अघि बढाउन र १० दिनभित्र प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको थियो ।
मन्त्रालयमार्फत प्राप्त विवरणअनुसार क्यानका अध्यक्ष, कोषाध्यक्ष तथा अन्य पदाधिकारीमाथि पदीय अधिकारको दुरुपयोग गरी सार्वजनिक स्रोतको अनियमित प्रयोग गरेको आरोप उल्लेख गरिएको छ । साथै, अमेरिकामा सम्पन्न विश्वकप भ्रमण व्यवस्थापन, कर्मचारी नियुक्ति प्रक्रिया, अपांगता भत्ता वितरण, वार्षिक साधारण सभा सञ्चालन, विश्वकप जर्सी तथा टिकट व्यवस्थापनसँग सम्बन्धित विषयमा समेत अनियमितता भएको दाबी उजुरीमा समावेश रहेको जनाइएको छ ।
राखेपले गत बिहीबार क्यानलाई पठाएको पत्रमा उजुरीमा उठाइएका सबै बुँदामा स्पष्ट र बुँदागत जवाफ दिन आग्रह गरेको छ । परिषद्ले उपलब्ध गराइने कागजात तथा विवरण प्रमाणित र तथ्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै पछि फरक नपर्ने गरी विवरण पेश गर्न निर्देशन दिएको जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend