Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • चीनमा कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु


    शनिबार, जेष्ठ ९ २०८३
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चीनको एक कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु भएको छ।

    चीनको सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ ७स्२९ बजे (स्थानीय समय)कोइला खानीमा विस्फोट भएको हो।

    जतिबेला खानीमा २४७ जना कामदार काम गरिरहेका थिए। घटनास्थलमा उद्धार जारी छ।

    चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, ‘सान्सी प्रान्तको तोङ्जाउ ग्रुपको खानीमा भएको ग्यास विस्फोटमा ९० जनाको मृत्यु भएको छ।’

    दुर्घटनापछि चीनका राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचार भइरहेको र बेपत्ताहरूको खोजी भइरहेको बताएका छन्।

    उनले दुर्घटनाको कारण अनुसन्धान गर्न निर्देशन दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार