Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • एन्फाका अध्यक्षसहितको पासपोर्ट कालोसूचीमा, विदेश जान रोक


    आइतबार, बैशाख १३ २०८३
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ।

    अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको र त्यहिँअनुसार कालोसूचीमा राखिएको छ।

    यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फाको विषयमा छानविन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरेको थियो।

    सोही समितिले आर्थिक विषयमा छानविन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको खेलकुद परिषद स्रोतको भनाइ छ।

    उक्त पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह मन्त्रालयबाट अध्यागमन पत्र पुगेपछि एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार