Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान 


    आइतबार, बैशाख १३ २०८३
    395
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

    संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला कांग्रेसले सोमबार ११ बजे बस्नेगरी बैठक बोलाएको हो ।

    उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

    कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ । संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार