काठमाडौँ । नदीकिनार तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरूको वर्तमान अवस्था मूल्यांकन गर्न राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन टोली परिचालन गरेको छ ।
आयोगका प्रतिनिधिहरू आइतबार बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्संग व्यास परिसरमा पुगेर त्यहाँ राखिएका विस्थापित परिवारहरूको अवस्था बुझ्न थालेका हुन्।
काठमाडौँको थापाथली र गैह्रीधारा क्षेत्रबाट शनिबार हटाइएका व्यक्तिहरूलाई नेपाल प्रहरी तथा नगर प्रहरीले नागार्जुन, कीर्तिपुरस्थित सत्संग भवनलगायत विभिन्न स्थानमा अस्थायी रूपमा राखेको जनाइएको छ ।
उक्त प्रक्रिया कार्यान्वयनका क्रममा मानव अधिकार उल्लङ्घन हुन सक्ने सार्वजनिक चासो र आरोपहरू उठेपछि आयोगले प्रत्यक्ष अनुगमनका लागि टोली पठाएको जनाएको छ । टोलीले बसोबास, सुरक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकताको अवस्थाबारे जानकारी संकलन गरिरहेको बताइएको छ ।
आयोगले यसअघि पनि सुकुम्वासी व्यवस्थापनका विषयमा सरकारलाई पुराना सिफारिस कार्यान्वयन गर्न आग्रह गरेको थियो । वैशाख ११ गते पठाइएको पत्रमार्फत आयोगले २०६९ सालमा दिइएका सुझावहरू कार्यान्वयन गर्न स्मरण गराएको थियो ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend