Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली परिचालन


    आइतबार, बैशाख १३ २०८३
    345
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नदीकिनार तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरूको वर्तमान अवस्था मूल्यांकन गर्न राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन टोली परिचालन गरेको छ ।

    आयोगका प्रतिनिधिहरू आइतबार बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्संग व्यास परिसरमा पुगेर त्यहाँ राखिएका विस्थापित परिवारहरूको अवस्था बुझ्न थालेका हुन्।

    काठमाडौँको थापाथली र गैह्रीधारा क्षेत्रबाट शनिबार हटाइएका व्यक्तिहरूलाई नेपाल प्रहरी तथा नगर प्रहरीले नागार्जुन, कीर्तिपुरस्थित सत्संग भवनलगायत विभिन्न स्थानमा अस्थायी रूपमा राखेको जनाइएको छ ।

    उक्त प्रक्रिया कार्यान्वयनका क्रममा मानव अधिकार उल्लङ्घन हुन सक्ने सार्वजनिक चासो र आरोपहरू उठेपछि आयोगले प्रत्यक्ष अनुगमनका लागि टोली पठाएको जनाएको छ । टोलीले बसोबास, सुरक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकताको अवस्थाबारे जानकारी संकलन गरिरहेको बताइएको छ ।

    आयोगले यसअघि पनि सुकुम्वासी व्यवस्थापनका विषयमा सरकारलाई पुराना सिफारिस कार्यान्वयन गर्न आग्रह गरेको थियो । वैशाख ११ गते पठाइएको पत्रमार्फत आयोगले २०६९ सालमा दिइएका सुझावहरू कार्यान्वयन गर्न स्मरण गराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार