Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीपी राजमार्गमा अलपत्र परेका यात्रुको उद्धार


    आइतबार, बैशाख १३ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाढीले खोलाको डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध बनेपछि सुरक्षाकर्मीले यात्रुको उद्धार गर्न थालेका छन्।

    काभ्रेको मंगलटार क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार कार्य सुरु गरिएको काभ्रे प्रहरीले जनाएको छ।

    स्थानीयको सहयोगमा केही आइतबार बिहानबाट अलपत्र यात्रुको उद्धार सुरु गरिएको प्रहरीले जनाएको छ।

    अत्यधिक वर्षासँगै रोशी खोलामा पानीको बहाव बढ्दा शनिबार दिउँसोदेखि नै बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।

    सडक अवरुद्ध हुँदा काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने मंगलटारमा बस, माइक्रोबस तथा निजी सवारी साधन रोकिएका छन्।

    सवारी साधन रोकिँदा सयौँ यात्रु बिच सडकमै अलपत्र परेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार