Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनोहराको सुकुम्बासी बस्ती आज खाली गराइने


    आइतबार, बैशाख १३ २०८३
    410
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको थापाथली, गैरीगाउँपछि कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित मनोहरा सुकुमवासी बस्तीमा आज बिहानदेखि पुनः डोजर चलाउने तयारी गरिएको छ ।

    शनिबार साँझ बस्ती हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन भने त्यसपछि संरचना भत्काउने काम अस्थायी रूपमा रोकिएको थियो ।

    सरकारले काठमाडौँका नदी किनारमा रहेका अवैध बस्ती हटाउने अभियान शनिबार बिहानबाट सुरु गरेको हो । सोही क्रममा थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा डोजर चलाएर बस्ती हटाइएको छ। ती स्थानमा बासिन्दाले सामान सार्दै घर छाडेका थिए, तर मनोहरामा भने प्रतिकार भएको हो ।

    मनोहरा क्षेत्रमा केही पक्की घरसमेत रहेका कारण डोजर चलाउन थालेपछि स्थानीय आक्रोशित बनेका हुन्। प्रहरीका अनुसार आज बिहानदेखि सुरक्षा व्यवस्था कडा बनाएर पुनः बस्ती हटाउने कार्य अघि बढाइनेछ ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरण का अनुसार नदी किनारका पाँच बस्तीमा गरी ८७१ अनधिकृत घरधुरी रहेका छन्। जसअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरामा १३ घरधुरी छन् ।

    सरकारले भने वास्तविक सुकुमवासीलाई व्यवस्थापन गर्ने दाबी गरेको छ। थापाथली क्षेत्रमा ६८ परिवार सरकारको सम्पर्कमा आइसकेका छन्। उनीहरूलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा अस्थायी रूपमा राखिने र त्यसपछि दीर्घकालीन व्यवस्थापन गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार