काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनार तथा सार्वजनिक प्रयोजनका जग्गामा बनेका अनधिकृत बस्ती र संरचना तत्काल खाली गर्न निर्देशन दिएको छ। प्रशासनले शुक्रबार साँझ ७ बजेसम्म स्थान खाली नगरे संयुक्त रूपमा हटाउने कारबाही अघि बढाइने जनाएको हो।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा सरकारी, सार्वजनिक तथा पर्ती जग्गामा निर्माण गरिएका घर टहरा हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको छ।
तोकिएको समय सीमाभित्र स्थान खाली नगरिए स्थानीय प्रशासन, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको समन्वयमा संरचना हटाइने उल्लेख गरिएको छ।
प्रशासनले कारबाहीका क्रममा भत्काइने संरचना वा त्यसबाट हुने व्यक्तिगत सम्पत्तिको क्षतिप्रति सम्बन्धित व्यक्तिहरू स्वयं जिम्मेवार रहने स्पष्ट पारेको छ।
सूचनामा नदीको प्राकृतिक बहाव अवरुद्ध हुने, सार्वजनिक आवागमनमा असर पर्ने तथा सहरी पूर्वाधार निर्माणमा बाधा पुग्ने गरी लामो समयदेखि बसोबास गर्दै आएका घर टहरा हटाउन लागिएको जनाइएको छ।
यस्ता संरचनामा बसोबास गर्ने, भाडामा बस्ने वा व्यापारिक गतिविधि सञ्चालन गर्ने सबैलाई समयमै स्थान खाली गर्न प्रशासनले आग्रह गरेको छ।

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend