काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनार तथा सार्वजनिक प्रयोजनका जग्गामा बनेका अनधिकृत बस्ती र संरचना तत्काल खाली गर्न निर्देशन दिएको छ। प्रशासनले शुक्रबार साँझ ७ बजेसम्म स्थान खाली नगरे संयुक्त रूपमा हटाउने कारबाही अघि बढाइने जनाएको हो।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा सरकारी, सार्वजनिक तथा पर्ती जग्गामा निर्माण गरिएका घर टहरा हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको छ।
तोकिएको समय सीमाभित्र स्थान खाली नगरिए स्थानीय प्रशासन, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको समन्वयमा संरचना हटाइने उल्लेख गरिएको छ।
प्रशासनले कारबाहीका क्रममा भत्काइने संरचना वा त्यसबाट हुने व्यक्तिगत सम्पत्तिको क्षतिप्रति सम्बन्धित व्यक्तिहरू स्वयं जिम्मेवार रहने स्पष्ट पारेको छ।
सूचनामा नदीको प्राकृतिक बहाव अवरुद्ध हुने, सार्वजनिक आवागमनमा असर पर्ने तथा सहरी पूर्वाधार निर्माणमा बाधा पुग्ने गरी लामो समयदेखि बसोबास गर्दै आएका घर टहरा हटाउन लागिएको जनाइएको छ।
यस्ता संरचनामा बसोबास गर्ने, भाडामा बस्ने वा व्यापारिक गतिविधि सञ्चालन गर्ने सबैलाई समयमै स्थान खाली गर्न प्रशासनले आग्रह गरेको छ।

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend