Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • रास्वपा कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्कियो सुकुम्बासी टोली


    शुक्रबार, बैशाख ११ २०८३
    435
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किएका छन्। रास्वपा केन्द्रीय कार्यालय चःमतिमा उनीहरूले ज्ञापनपत्र बुझाएर फर्किएका हुन्।

    उनीहरूले आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिन कार्यालय पुगेका थिए। घेराउ गर्न पुगेका सुकुम्बासी प्रतिनिधिहरूले पार्टीलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाएपछि उनीहरू शान्तिपूर्ण रूपमा फर्किएका छन्।

    सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्न लागेको छ। त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो। अटेरी गरेको अवस्थामा संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले बताएका छन्। त्यसो गर्दा क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफै हुनुपर्ने पनि भनिएको छ।

    बिहीबार माइकिङ भएपछि शुक्रबार बिहानदेखि सुकुम्बासीहरूले आन्दोलन थालेका छन्।

    सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया ठाडै उल्लंघन गर्दै डोजर चलाएर र बल प्रयोग गरेर सुकुम्बासी बस्ती खाली गराउन खोजेको भनेर विरोध भएको हो। प्रदर्शनमा जेनजी अभियानीहरू पनि सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार