काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा पुगेका छन्। उनको आगमनका क्रममा समर्थकहरू पोखरा विमानस्थलमा भेला भई स्वागत गरेका छन्।
विमानस्थल क्षेत्रमा बाजागाजासहित उपस्थित समर्थकहरूले स्वागत कार्यक्रम गरेका थिए। सो क्रममा केही समूहले राजसंस्थाको पक्षमा तथा वर्तमान व्यवस्थाविरुद्ध नाराबाजी समेत गरेका जनाइएको छ।
लोकतन्त्र दिवसकै दिन शाह पोखरा पुगेका हुन्। उनी पोखरामा हालै सञ्चालनमा आएको सोल्टी होटेलमा बस्ने कार्यक्रम रहेको बताइएको छ।
सुरक्षा स्रोतका अनुसार शाह कम्तीमा दुई सातासम्म पोखरामा रहने प्रारम्भिक कार्यक्रमसहित त्यहाँ पुगेका हुन्। बसाइँ अवधिमा उनले विभिन्न स्थानको अवलोकन गर्नुका साथै भेटघाट कार्यक्रमसमेत गर्ने तयारी रहेको छ।
पोखरा भ्रमण व्यवस्थापन समितिसँग आबद्ध अर्जुन खनालले यस पटकको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको बताएका छन्। उनका अनुसार लामो बसाइँसहितको यस भ्रमणले राजनीतिक सन्देशसमेत दिने अपेक्षा गरिएको छ।
यसअघि २०८१ माघ २७ गते पनि शाह पोखरा पुगेका थिए। त्यतिबेला करिब दुई साताको बसाइँपछि काठमाडौँ फर्कँदा उनका समर्थकहरूले विमानस्थल क्षेत्रमा ठूलो संख्यामा उपस्थित भई स्वागत गरेका थिए।
काठमाडौँ। चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठुलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा-ढुंगा हटाउने काम...
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend