काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा पुगेका छन्। उनको आगमनका क्रममा समर्थकहरू पोखरा विमानस्थलमा भेला भई स्वागत गरेका छन्।
विमानस्थल क्षेत्रमा बाजागाजासहित उपस्थित समर्थकहरूले स्वागत कार्यक्रम गरेका थिए। सो क्रममा केही समूहले राजसंस्थाको पक्षमा तथा वर्तमान व्यवस्थाविरुद्ध नाराबाजी समेत गरेका जनाइएको छ।
लोकतन्त्र दिवसकै दिन शाह पोखरा पुगेका हुन्। उनी पोखरामा हालै सञ्चालनमा आएको सोल्टी होटेलमा बस्ने कार्यक्रम रहेको बताइएको छ।
सुरक्षा स्रोतका अनुसार शाह कम्तीमा दुई सातासम्म पोखरामा रहने प्रारम्भिक कार्यक्रमसहित त्यहाँ पुगेका हुन्। बसाइँ अवधिमा उनले विभिन्न स्थानको अवलोकन गर्नुका साथै भेटघाट कार्यक्रमसमेत गर्ने तयारी रहेको छ।
पोखरा भ्रमण व्यवस्थापन समितिसँग आबद्ध अर्जुन खनालले यस पटकको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको बताएका छन्। उनका अनुसार लामो बसाइँसहितको यस भ्रमणले राजनीतिक सन्देशसमेत दिने अपेक्षा गरिएको छ।
यसअघि २०८१ माघ २७ गते पनि शाह पोखरा पुगेका थिए। त्यतिबेला करिब दुई साताको बसाइँपछि काठमाडौँ फर्कँदा उनका समर्थकहरूले विमानस्थल क्षेत्रमा ठूलो संख्यामा उपस्थित भई स्वागत गरेका थिए।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend