Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय


    बिहिबार, बैशाख १० २०८३
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने निर्णय गरेको छ ।

    ०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान सार्ने निर्णय गरेको थियो । तर, आज बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानले नै प्रयोग गरिरहने निर्णय गरेको हो ।

    यसअघि उक्त जग्गा राष्टंरपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरी प्रतिष्ठान नसार्ने निर्णय भएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार