Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • सरकार गठनको एक महिना नबित्दै बिदा भएका दुई मन्त्री


    बुधबार, बैशाख ९ २०८३
    625
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र(बालेन) शाह नेतृत्वमा सरकार बनेको एक महिना नबित्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्।

    सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारीबारे विवाद उत्पन्न भएपछि गृहमन्त्री सुधन गुरूङले बुधबार राजीनामा दिएका हुन्।

    चौतर्फी विवाद पछि पार्टी र प्रधानमन्त्री सँग नियमित छलफलमा जुटेका गृहमन्त्री गुरूङले सामाजिक सञ्जाल फेसबुकबाटै राजीनामा घोषणा गरेका हुन्।

    गुरूङ बालेन सरकारबाट बाहिरिने दोस्रो मन्त्री हुन्।

    यसअघि श्रममन्त्री दीपककुमार साहलाई आफ्नो पदीय जिम्मेवारी दुरूपयोग गरी स्वास्थ्य बीमा बोर्डमा श्रीमतीलाई निरन्तरता दिएको भन्दै बर्खास्त गरिएको थियो।

    त्यतिबेला पार्टी अनुशासन आयोगको सिफारिसमा प्रधानमन्त्रीले नै मन्त्रीबाट बर्खास्त गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार