Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • चुनाव जित्न नसकेको ४० क्षेत्रमा रास्वपाले खटायो समानुपातिक सांसद, को कहाँ ? 


    मंगलबार, बैशाख ८ २०८३
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरुको जिम्मेवारी बाँडफाँट गरेको छ ।

    आइतबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको ४० जिल्लाका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई खटाएको हो ।

    महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न नसकेका निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकेको बताए ।

    रास्वपाले प्रत्यक्षतर्फ १६५ मा १२५ सीट जितेको थियो भने समानुपातिक प्रणालीबाट ५७ सीट प्राप्त गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार