काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन्। सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि प्रश्न उठेको थियो।
गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका थिए।
प्रधानमन्त्री बालेन शाहको पनि यसबारे ध्यानाकर्षण भएको उनको सचिवालयले जानकारी दिएको छ। गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्रीलाई यसबारे लिखित स्पष्टीकरण बुझाएको बताएको छ।
‘प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो। गृहमन्त्री सुधन गुरूङले सार्वजनिक रूपमा नै स्पष्टीकरण दिइसक्नुभएको छ। विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीबाट सेयर खरिद गरेको विषयमा प्रश्न उठेकाले गृहमन्त्रीले प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण दिनुभएको छ,’ गृहमन्त्रीको सचिवालयले भन्यो।
गृहमन्त्री सुधन गुरूङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा सोमबार स्पष्टीकरण दिए पनि धेरै प्रश्न अझै अनुत्तरित छन्।
यो स्टोरीमा हामीले गृहमन्त्री गुरूङले आफ्नो स्पष्टीकरणमार्फत् प्रस्ट पार्न नसकेका मुख्य पाँच प्रश्न केलाएका छौं। पहिलो प्रश्न उनले आफ्नो सम्पत्ति विवरणमा सार्वजनिक गरेका करोडौं मूल्यका सेयर लगानीको स्रोत नै हो।
गुरूङले आफ्नो स्पष्टीकरणमा ‘ऋण लिएर सेयर किनेको’ दाबी गरेका छन्। यसलाई पुष्टि गर्न मिडियामा सार्वजनिक भइसकेका दुईवटा कम्पनीको नाम पनि उल्लेख गरेका छन्। यी कम्पनीको नाम उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका थिएनन्। मिडियाले समाचार लेखेपछि त्यसलाई पुष्टि गरेका मात्र हुन्।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend