Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण


    मंगलबार, बैशाख ८ २०८३
    365
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन्। सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि प्रश्न उठेको थियो।

    गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका थिए।

    प्रधानमन्त्री बालेन शाहको पनि यसबारे ध्यानाकर्षण भएको उनको सचिवालयले जानकारी दिएको छ। गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्रीलाई यसबारे लिखित स्पष्टीकरण बुझाएको बताएको छ।

    ‘प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो। गृहमन्त्री सुधन गुरूङले सार्वजनिक रूपमा नै स्पष्टीकरण दिइसक्नुभएको छ। विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीबाट सेयर खरिद गरेको विषयमा प्रश्न उठेकाले गृहमन्त्रीले प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण दिनुभएको छ,’ गृहमन्त्रीको सचिवालयले भन्यो।

    गृहमन्त्री सुधन गुरूङले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा सोमबार स्पष्टीकरण दिए पनि धेरै प्रश्न अझै अनुत्तरित छन्।

    यो स्टोरीमा हामीले गृहमन्त्री गुरूङले आफ्नो स्पष्टीकरणमार्फत् प्रस्ट पार्न नसकेका मुख्य पाँच प्रश्न केलाएका छौं। पहिलो प्रश्न उनले आफ्नो सम्पत्ति विवरणमा सार्वजनिक गरेका करोडौं मूल्यका सेयर लगानीको स्रोत नै हो।

    गुरूङले आफ्नो स्पष्टीकरणमा ‘ऋण लिएर सेयर किनेको’ दाबी गरेका छन्। यसलाई पुष्टि गर्न मिडियामा सार्वजनिक भइसकेका दुईवटा कम्पनीको नाम पनि उल्लेख गरेका छन्। यी कम्पनीको नाम उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका थिएनन्। मिडियाले समाचार लेखेपछि त्यसलाई पुष्टि गरेका मात्र हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार