काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङ र विवादास्पद व्यवसायी दीपक भट्टबीचको कथित व्यावसायिक साझेदारीबारे सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्युरेन्स कम्पनीमा गृहमन्त्रीको नाममा सेयर रहेको भन्दै सार्वजनिक भएका कागजातपछि विषय थप संवेदनशील बनेको उल्लेख गर्दै लिङदेनले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई स्पष्टीकरण दिन आग्रह गरेका हुन्।
काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले सुशासनको प्रतिबद्धता व्यक्त गर्ने सरकार स्वयं विवादित विषयमा मौन बस्नु उचित नहुने टिप्पणी गरे। उनका अनुसार यस्ता प्रश्नहरूमा पारदर्शी उत्तर नदिँदा सरकारप्रतिको विश्वास कमजोर हुने अवस्था सिर्जना हुन्छ।
लिङदेनले सरकारले देखावटी शैलीमा मात्र काम गरिरहेको आरोप लगाउँदै राज्य सञ्चालन प्रक्रियामा गम्भीरता आवश्यक रहेको बताए। उनले अनधिकृत संरचना हटाउने नाममा अपनाइएका कदमले जनतामा असहजता र त्रासको वातावरण सिर्जना गरेको दाबी पनि गरे।
त्यसैगरी, वर्तमान राज्य संरचनामा वैकल्पिक राजनीतिक तथा संस्थागत बहस आवश्यक रहेको उल्लेख गर्दै उनले राजसंस्थालाई राष्ट्रको अभिभावकीय भूमिकामा पुनस्स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend