काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङ र विवादास्पद व्यवसायी दीपक भट्टबीचको कथित व्यावसायिक साझेदारीबारे सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्युरेन्स कम्पनीमा गृहमन्त्रीको नाममा सेयर रहेको भन्दै सार्वजनिक भएका कागजातपछि विषय थप संवेदनशील बनेको उल्लेख गर्दै लिङदेनले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई स्पष्टीकरण दिन आग्रह गरेका हुन्।
काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले सुशासनको प्रतिबद्धता व्यक्त गर्ने सरकार स्वयं विवादित विषयमा मौन बस्नु उचित नहुने टिप्पणी गरे। उनका अनुसार यस्ता प्रश्नहरूमा पारदर्शी उत्तर नदिँदा सरकारप्रतिको विश्वास कमजोर हुने अवस्था सिर्जना हुन्छ।
लिङदेनले सरकारले देखावटी शैलीमा मात्र काम गरिरहेको आरोप लगाउँदै राज्य सञ्चालन प्रक्रियामा गम्भीरता आवश्यक रहेको बताए। उनले अनधिकृत संरचना हटाउने नाममा अपनाइएका कदमले जनतामा असहजता र त्रासको वातावरण सिर्जना गरेको दाबी पनि गरे।
त्यसैगरी, वर्तमान राज्य संरचनामा वैकल्पिक राजनीतिक तथा संस्थागत बहस आवश्यक रहेको उल्लेख गर्दै उनले राजसंस्थालाई राष्ट्रको अभिभावकीय भूमिकामा पुनस्स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत...
काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा...
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले...
काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा...
काठमाडौँ। चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठुलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा-ढुंगा हटाउने काम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend