Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ? 


    सोमबार, बैशाख ७ २०८३
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।

    यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो । गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार