काठमाडौं । संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् । शुक्रबार १२ वटा संसदीय समितिले सभापति चयन गरेसँगै पूर्णता पाएको हो । शुक्रबार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए । दुई वटामा भने निर्वाचन भयो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचन भए । कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भए ।
संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाकै रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्निमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भए ।
यसबाहेक सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भए । रास्वपाको समर्थन पाएका खड्काले पाएपछि यो समिति सभापतिमा एकल उम्मेदवारी परेको थियो ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend