काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग माग गरेको छ ।
निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार बनाउँदै महासंघले भाडा दर पुनः समायोजन गर्न माग गरेको हो ।
महासंघले जारी गरेको विज्ञप्तिमा पछिल्लो भाडा समायोजनपछि पनि इन्धन मूल्य दुई पटकसम्म वृद्धि भइसकेको उल्लेख गर्दै विद्यमान दरले सञ्चालन खर्च धान्न कठिन भएको जनाएको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार इन्धनको निरन्तर मूल्यवृद्धिले यातायात क्षेत्र गम्भीर आर्थिक दबाबमा परेको छ ।
विज्ञप्तिमा मध्यपूर्वमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा परेको असर र त्यसका कारण नेपाल आयल निगमले पटक–पटक पेट्रोल र डिजेलको मूल्य समायोजन गर्दै आएको उल्लेख छ । यसले यात्रुवाहक तथा मालवाहक दुवै प्रकारका सवारी सञ्चालनमा चुनौती थपिएको महासंघको भनाइ छ ।
महासंघले पछिल्ला दिनहरूमा भएको मूल्य वृद्धिलाई आधार मान्दै प्रचलित स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार भाडा दर समायोजन गर्न वा बढाइएको मूल्य फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । साथै पेट्रोलियम पदार्थमा पाँच प्रतिशतसम्मको मूल्य परिवर्तन हुँदा भाडा स्वतः समायोजन हुने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग पनि गरिएको छ ।
संगठनले देशभर सेवा सञ्चालन गर्ने आफ्ना सदस्यहरूलाई इन्धनको खपत घटाउन तथा सञ्चालन खर्च नियन्त्रणमा ध्यान दिन पनि आग्रह गरेको छ । साथै निरन्तर मूल्यवृद्धिको सट्टा दीर्घकालीन विकल्प खोज्न सरकारलाई सुझाव दिइएको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend