काठमाडौँ । विभिन्न सरकारी कार्यालयमा गरिएको छड्के निरीक्षणका क्रममा देखिएका अनुशासनहीनता र समय पालन सम्बन्धी कमजोरीका आधारमा राष्ट्रिय सतर्कता केन्द्रले ६३२ कर्मचारीमाथि कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।
केन्द्रका अनुसार सेवा प्रवाह बढी हुने कार्यालयहरूलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा कार्यालय समयमा अनुपस्थित रहने तथा कार्यसम्पादनमा लापरबाही देखाउने कर्मचारीहरू पहिचान गरिएको हो ।
सोही आधारमा उनीहरूमाथि प्रशासनिक कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जनाइएको छ ।
केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार सिफारिस गरिएका कर्मचारीहरूलाई प्रचलित निजामती सेवा ऐनअनुसार सम्बन्धित कार्यालय प्रमुखले चेतावनी पत्र जारी गर्ने व्यवस्था रहनेछ । त्यस्ता चेतावनीको अभिलेख सम्बन्धित कार्यालयमै सुरक्षित राखिनेछ ।
ऐनअनुसार दुई पटकसम्म चेतावनी पाइसकेका कर्मचारीमाथि थप विभागीय कारबाही हुने प्रावधान रहेको पनि उनले स्पष्ट पारे । अनुगमनका क्रममा समय पालन नगर्ने कर्मचारीलाई प्राथमिक रूपमा कारबाहीका लागि सिफारिस गरिएको हो ।
केन्द्रले केही कर्मचारीमाथि आवश्यक कारबाही अघि बढिसकेको जानकारी समेत प्राप्त भएको जनाएको छ । साथै, दैनिक रूपमा सेवा प्रवाह हुने कार्यालयहरूमा नियमित छड्के अनुगमन जारी रहेको छ ।
प्रदेश तहमा समेत निगरानी विस्तार गर्दै केन्द्रले प्रत्येक प्रदेशका एक(एक जिल्लामा विशेष अनुगमन अभियान सञ्चालन गरिरहेको छ । जनसम्पर्क बढी हुने सरकारी कार्यालयहरूमा केन्द्रित अनुगमन अझ तीव्र पारिएको जनाइएको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend