Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • रमजानको अवसरमा यूएईले दियो १२८ जना नेपालीलाई आममाफी 


    बुधबार, बैशाख २ २०८३
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    ‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएकोमा आभार व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालले यस कार्यको उच्च मूल्यांक गर्न पनि उल्लेख गरेको छ ।

    नेपाल सरकारको आग्रहअनुसार यूएईको अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि माफी दिइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार