काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ ।
कार्यवाहक सभापतिको हैसियतमा समानान्तर गतिविधि गरेपछि बुधबार बसेको कांग्रेस अनुसशासन समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
कांग्रेस सभपाति गगन थापाले ‘जरा अभियान’ अन्तर्गत सबैलाई वडा–वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए । त्यसअघि उनले सबैको सदस्यता खारेज भएको बताएका थिए ।
त्यसको विरोध गर्दै खड्काले गत चैत ३० मा विज्ञप्ति जारी गरेका थिए । त्यसअघि पनि खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेको भन्दै कांग्रेसले सचेत गराएको थियो ।
सचेत गराउँदा पनि कार्यवाहक सभापति भनेरै विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले कारबाहीको प्रक्रिया अघि बढाएको हो । उनले तोकिएको समयमा चित्तबुझ्दो स्पष्टीकरण नदिएमा कारबाही गर्ने सभापति थापाको तयारी छ ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत...
काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend