Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री बन्न नपाएपछि गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा


    बुधबार, बैशाख २ २०८३
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेश सांसद द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले आज बिहान राजीनामा दिएका हुन् ।

    मन्त्रीका आकाङ्क्षी रहेका उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेको मन्त्रिपरिषद पुनर्गठनप्रति आपत्ति जनाउँदै पद त्याग गरेका हुन् ।

    सभामुख कृष्णप्रसाद धितालले कुँवरको राजीनामा आएको बताए । राजीनामा पत्रमा कुँवरले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएकोमा मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार