काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र उनको सरकारका मन्त्रीहरुको आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण हेर्दा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सबैभन्दा धनाढ्य देखिएका छन् ।
मन्त्री पोखरेलले सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् । यो सम्पत्तिको स्रोतका रुपमा उनल बाबु रमेशकुमार पोखरेल राष्ट्रबैंकमा कार्यरत रहँदा आर्जन गरेको उल्लेख गरेका छन् । पोखरेलका बाबुले राष्ट्रबैंकमा हुँदा आर्जित रकमले श्रीमतीका नाममा त अथाह सम्पत्ति खरिद गरेकै देखिन्छ, सालीहरुको नाममा समेत राखेको खुलेको छ । यसरी पदमा हुँदा अकूत सम्पत्ति आर्जन गरेका रमेशकुमारका छोरा सस्मितले सुशासन र पारदर्शीताको चर्को कुरा गरेकै भरमा निर्वाचन जितेर मन्त्री हुन सफल भएका छन् ।
सस्मित पोखरेलका बाबु रमेशकुमार पोखरेल राष्ट्रबैंकमा सेवारत हुँदा डा. युवराज खतिवडानिकट थिए । खतिवडा राष्ट्रबैंकमा हुँदा पनि पोखरेलले कमाउ ठाउँमा मात्रै बस्ने मौका पाएका थिए । युवराज खतिवडाको चाकरी गर्दै अवसरमाथि अवसर पाउका उनी खतिवडा अर्थमन्त्री भएपछि २०७५ मंसिरमा स्वास्थ्य वीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त हुन सफल भएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दुईतिहाईको सरकार भएको बेला एमालेको कोटाबाट उनले वीमा बोर्डमा नियुक्ति पाएका थिए । एमालेको पेशागत महासंघ हुँदै पार्टीले अर्कै ब्यक्तिलाई बोर्डको कार्यकारी निर्देशक बनाउन सिफारिस गरेको थियो । तर ओलीका विश्वासापात्र तत्कालीन अर्थमन्त्री डा. खतिवडाले राष्ट्रबैंकबाट अवकाश पाएका तिनै पोखरेललाई वीमा बोर्डको कार्यकारी निर्देशक बनाएका थिए ।
स्वास्थ्य वीमाको ब समेत थाहा नभएका पोखरेलको नियुक्तिलाई लिएर त्योबेला निकै आश्चर्य मानिएको थियो । तर झन्डै दुईतिहाई बहुमतको उन्मादमा रहेका ओली र खतिवडाले पार्टीको सिफारिस रद्दीको टोकरीमा फालेर पोखरेललाई नियुक्ति गरेका थिए ।
डा. खतिवडाले पोखरेललाई अन्तर्राष्ट्रिय मुद्रोकोषमा समेत पठाएका थिए । राष्ट्रबैैंकमा हुँदा पनि एमालेकै आडमा लाभ लिएका र अकूत कमाएका रमेश पोखरेल २०४६ पछिका सम्पत्ति छानबिन गर्नुपर्ने उच्च अधिकारीभित्रै पर्दछन् । एमालेको नाममा अकूत कमाएका तिनै पोखरेलका छोरा ‘नेपोबेबी’ सस्मित पोखरेलले देखाएको सम्पत्तिको आयकर तिरिएको छ कि छैन भन्ने प्रश्न उठिरहेको छ ।
खोटाङको रावाबेसी गाउँपालिका(साबिक खार्पा)का रमेश पोखरेलले काठमाडौंका रैथाने बिराजभक्त श्रेष्ठजस्तो चप्पल लगाएर आएको होइन भन्ने छुट पनि नहोला । राष्ट्रबैंकको कार्यकारी निर्देशक तहसम्म पुगेका पोखरेलका छोराले सबै सम्पत्ति बाबुले कमाएको उल्लेख गरेका छन् ।
सरकारी मूल्यांकन अनुसारको सम्पत्ति २४ करोड बराबर देखाइएको छ भने अहिलेको चलनचल्तीको मूल्य अनुसारको उनको जग्गाको मात्रै हिसाबकिताव गर्ने हो भने ३० करोडभन्दा माथि हुने राष्ट्रबैैंकबाटै अवकाश पाएका एक अधिकृत बताउँछन् । उनले भने–‘म पोखरेलभन्दा पछि अवकाश भएको हुँ । तर मैले बनाएको घरको ऋण तिरिरहेको छु, यत्रो ३० करोड सम्पत्ति कहाँबाट आयो ? कर तिरिएको छ कि छैन खोजी हुनुपर्छ कि पर्दैन ? कि नयाँलाई कर तिर्नुपर्दैन ? संविधानभन्दा माथि हुन् ?’
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा त्यहाँ बिज्ञका नाममा भर्ति गरिएका र मासिक लाखौं सुविधा लिएका उनले ब्यक्तिगत प्यान नम्बर समेत नलिएको देखिएको छ । उनको सम्पत्ति विवरणमा प्यान नं. नै उल्लेख छैन । जबकि अरु मन्त्रीको छ । उनीसहित ५ मन्त्रीको प्यान नम्बर नै रहेको छैन ।
महानगरबाट बिज्ञको तलव पनि उनले प्यान नं विना नै कसरी लिए भन्ने प्रश्न उठेको छ । जबकि प्राइभेट संस्थाले समेत प्यान नम्बर बिना तलव पाउँदैनन् । महालेखा परीक्षकको कार्यालयले समेत यसरी पारिश्रमिक दिन नमिल्ने कुरा औंल्याएको भए पनि मेयर वालेन्द्र नेतृत्वको महानगरले त्यसको पालना नगरी भुक्तानी दिएको खुलेको छ ।
यद्यपि सोमबार राति उनले आफ्नो सम्पत्ति इमान्दारीपूर्वक कमाएको दाबी गर्दै प्यान नम्बर भएको तर गोपनीयताका कारण सम्पत्ति विवरणमा नलेखेको सामाजिक संजालमा उल्लेख गरेका छन् । बाबुको सम्पत्ति नदेखाए हुनेमा मैले मावलीतर्फको समेत देखाएको दाबी गरेका छन् । मावलीतर्फको पनि स्रोत खोज्दै जाँदा बाबुकै आर्जनले किनेको भएरै र आमाको नाममा समेत संयुक्त भएकाले देखाउनुपरेको भने उनले प्रकट गर्नसकेका छैनन् । आफ्ना पिताले पनि इमान्दारीपर्वक नै आर्जन गरेको र इमान्दार हुन सिकाएको उनको जिकिर छ । यद्यपि उनका बाबु युवराज खतिवडाकै आशीर्वादले राष्ट्रबैंकबाट अमेरिकाको अन्तर्राष्ट्रिय मुद्राकोषमा जाने मौका पाएको र उनले समेत अमेरिकामा त्यही भएकाले अध्ययन गर्ने मौका पाएका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend