काठमाडौं । मेयर बालेन्द्र साहको राजीनामासँगै पदमुक्त भएका काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष, सदस्य विज्ञ र सहायक विज्ञ नियमित रुपमा हाजिर हुँदै कामकाज गरिरहेका छन् ।
बालेनले माघ ४ गते राजीनामा दिएसँगै स्वतः पदमुक्त भएका सहरी योजना आयोगका उपाध्यक्षदेखि सदस्यसम्म दैनिक महानगरपालिकामा आइरहेका छन् । सहरी योजना आयोगका उपाध्यक्षदेखि सदस्य र विज्ञको संख्या करिब २५ जना छन् । तीमध्ये एकाधले राजीनामा दिए पनि अरु सबै महानगरमा दैनिक आउने गरेका छन् ।
सहरी योजना आयोगको अध्यक्ष मेयर हुने कानुनी व्यवस्था छ । मेयर साहले राजीनामा दिएपछि सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीसहितका विज्ञहरु स्वतः पदमुक्त हुनुपर्नेमा भएका छैनन् । उनीहरु उनीहरु नियमित रुपमा हाजिर भई कामकाज गर्दैआएका छन् ।
आयोगमा बालेनको राजीनामापछि मेयर भएकी सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आमन्त्रित सदस्य रहने व्यवस्था छ । सदस्यहरूमा कार्यपालिकाबाट नियुक्त एकजना, प्रमुखबाट नियुक्त कम्तीमा दुईजना महिलासहित नौ जना सदस्य र सहरी योजना आयोग सचिवालयका एकजना सचिव रहने व्यवस्था छ । सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐन २०७५ मा यस्तो ब्यवस्था छ ।
मेयर साहले राजीनामा दिएसँगै कामपाभित्र हरेक विभागको जिम्मेवारी लिएर बसेका सहायक विज्ञ पदमुक्त हुने व्यवस्था छ । ऐनको दफा ११ को ‘क’ मा प्रमुख आफ्नो पदबाट पदमुक्त भएमा उपाध्यक्ष पदमुक्त हुने व्यवस्था छ । उपाध्यक्ष सुमननरसिंह राजभण्डारीले आफू कानुनी रूपमा दोस्रोपटक पुनः उपाध्यक्षमा फर्किएको कारण राजीनामा दिन नपर्ने भन्दै पदमा टाँसिइरहेका छन् । ऐनमा स्पष्ट लेखिएको अवस्थामा उनको पद स्वतः रिक्त हुने महानगरका एक अधिकारी बताउँछन् ।
ऐनको परिच्छेद–५ को दफा १७ मा प्रमुख आफ्नो पदबाट पदमुक्त भएमा सहायक विज्ञको स्वतः पदमुक्त हुने उल्लेख छ । महानगरपालिकाका अधिकारी भन्छन्, माघ ४ गतेबाटै विज्ञ र आयोगका पदाधिकारी पदमुक्त हुनुपर्ने हो । तर उनीहरु दैनिक महानगरमा आएर काम गरिरहेका छन् । पुससम्मको तलव सुविधा लिएका उनीहरुले त्यसपछिको सुबिधा लिएमा त्यो कानुनसम्मत नहुने महानगर स्रोत बताउँछ ।
माघ ४ बाट स्वतः पदमुक्त भएर पनि नियमित काममा आउनेहरुमा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी, विज्ञ सदस्यहरू डा. सुरजराज काफ्ले, बाबुराम भट्टराई, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज शाक्य र सुमन प्रधानको पदमुक्त हुनेछ ।
त्यस्तै, सहायक विज्ञहरू कार्यरत शोभना राजभण्डारी, रजिता शाक्य, सन्तोष पाण्डे, पुरुषोत्तम महत, प्रतिक्षा राई, विवेक बाँस्तोला, आनन्द मानन्धर, रोहितकृष्ण मानन्धर, प्रतीक श्रेष्ठ, राजु व्यञ्जनकार, अनुकूल निधि, सस्मित पोखरेल, सुरेन्द्र बजगाईं, सोनी भट्टराई पनि पदमुक्त हुनुपर्ने हो ।
आयोगमा कार्यरत विज्ञ सदस्य र सहायकविज्ञले छैटौंदेखि आठौं तहको सुविधा उपलब्ध गर्नेगरी नियुक्ति दिएको थियो । सस्मित पोखरेल रास्वपबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend